रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् ।आज सम्पन्न फाइनलमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए। फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए। ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।