बिहिबार, मंसिर १९, २०७६ || 1811  पटक पढिएको

हल्दिबारीमा १६ औ महिला स्वास्थय स्वयंसेबिका दिवस!

हिपमत खबर झापा मङ्सिर १९

झापा। प्रत्येक डिसेम्बर ५ लाई महिला स्वास्थय स्वयंसेबिका दिवस को रुपमा मनाउदै आउने गरेको छ ।आज हल्दिबारी गाउँपालिका वडा नम्बर ४ मा रहेको जलथल स्वास्थय चौकीले गाउँ नगरमा महिला स्वास्थय स्वयंम सेबिका स्वास्थय प्रवर्द्धनमा अहम भुमिका भन्ने मुलनाराका साथ आज १६ औ महिला स्वास्थय स्वयंसेबिका दिवस मनाएको छ ।


स्वास्थ्य स्वयंसेबिका दिवस सफल पारौ भन्दै , बडाबारी बजार परिसर परिक्रम गरेर र तीन जना स्वास्थय स्वयंसेबिकाहरुको कामको मूल्याकंन गरेर उहाँहरु लाई सम्मान समेत गरेको थियो।
सम्मानित हुनु हुने वडा नम्बर ३ बाट कल्पना गौतम , वडा नम्बर ४ बाट भगवती प्रसाईं , वडा नम्बर ५ बाट डम्बर कुमारी राई रहेको कार्यक्रमको अध्यक्ष चुडाल ले जानकारी दिनु भएको छ ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका कार्यपालिका सदस्य गिता भण्डारी ले औपचारिक रुपमा ब्यानर बाच्न गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता जलथल स्वास्थ्य चौकी ब्यवस्थापन समितीका अध्यक्ष तथा हल्दिबारी ४ का वडा अध्यक्ष होम चुडाल ले गर्नु भएको थियो। माधव यादव ले कार्यक्रम माथी प्रकाश पार्दै सबै लाई स्वास्थ्य रहे मात्र धनी भएको अनुभुती हुने उहाँले बताउनु भयो।


अतिथीहरु मा वडा नं ४ का वडा सचिब जय प्रोखरेल ,महेन्द्र मा बि का प्राचार्य गंगा खरेल,चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरम अध्यक्ष अबिशेक खतिवडा “अबि” ,तुलसा आचार्य ,प्रतिम भुजेल हुनु हन्थियो।

चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरम अध्यक्ष खतिवडा ले स्वास्थय क्षेत्र एउटा सवेदनशिल क्षेत्र रहेकोले येस क्षेत्रमा सबै लागि परेर काम गर्नु पर्ने तथा स्वयंसेबिकाहरु ले बालबालिका लाई विशेष ध्यान दिएर काम गर्नु पर्ने सुझाव दिनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी भण्डारीले स्वयंसेबिकाहरुले निडरका साथ काम गर्नु पर्ने र महिला हिंसा विरुद्ध बोल्नु पर्छ र अब महिला अगाडि बढनु आवश्यक छ ,सहकार्य र सम्वन्य आजको विशेष आवश्यकता भएको कुरा जानकारी दिनु भएको छ ।

अध्यक्ष होम चुडाल ले वडा नम्बर ४ ले विशेष किसिमको सहयोग गर्ने तथा सहकार्य गर्ने प्रतिबद्धता गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण राम प्रसाद ढकाल ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!