हिपमत डटकम

शनिबार, पौष २३, २०७९ || 763  पटक पढिएको

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ । विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ । अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने भक्तपुरस्थित वैदेशिक अध्ययन अनुमति शाखामा आफैँ उपस्थित हुनुपर्छ ।

एनओसी लिनेको लाइन बढेपछि कम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेमी अनलाइन’ बनायो तर त्यसले भीड कम गर्न सकेको छैन । शिक्षा मन्त्रालयले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा लामो लाइन एनओसी वितरण गर्ने कार्यालयमै हुने गरेको छ। कतिपय विद्यार्थी विधि नजान्दा आवेदन भर्न सो शाखा पुग्ने गरेका छन् । अहिले दैनिक एक हजार जनासम्मले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!