सप्तरी।बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ र मोबाइल १ थान सहित सिराहा भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदिश यादवलाई
बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।