बिहिबार, मंसिर १९, २०७६ || 2375  पटक पढिएको

 

हिपमत डटकम
विराटनगर ,मंसिर १९ ।

नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल टीजर रिलीज भएको छ । माघ १७ गते रिलीज हुने यो चलचित्रको टीजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता बुद्दी तामाङ्गलाई देख्न सकिन्छ । चलचित्रमा नायिका राणाको भूमिका बोल्ड रहेको टीजरबाट अनुमान लगाउन सकिन्छ । टीजरमा नायक करण वर्माले आफ्नो शारिरिक सुगठन देखाएका छन् । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । हेर्नुस टिजर
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । भारतिय कलाकारको अभिनयका कारण पनि यो चलचित्रलाई चासोको रुपमा लिईएको छ ।

चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए । नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र रिलीज गरिने अर्का निर्माता श्रीदेवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!