हिपमत डटकम

शुक्रबार, पौष २२, २०७९ || 1858  पटक पढिएको

श्रीलंकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई १६ रनले हराएको छ । बिहीबार राति भएको खेलमा जित निकाल्दै पाहुना टोली श्रीलंकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको हो ।

पुनेमा श्रीलंकाले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १९० रन बनायो । भारतका लागि सुर्य कुमार यादव र अक्षर पटेलले अर्धशतकीय पारी खेले । सुर्यकुमारले ५१ रन बनाउँदा अक्षर पटेलले ६५ रन बनाए ।

भारतका लागि शिभम मावीले २६ रन बनाउँदा हार्दीक पाड्याले १२ रन बनाउन बाहेक कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ श्रीलंकाका लागि दिलशान मधुशंका, कासुन राजिथा र दासुन सानकाले दुई–दुई विकेट लिए ।

यसअघि श्रीलंकाका कप्तान दशान शनकाले सबैभन्दा कम बलमा अर्धशतक पूरा गरे । उनले श्रीलंका पूर्व कप्तान कुमार संगकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् ।

शनकाले २२ बलमा २ चौका र ६ छक्काको सहयोगमा ५६ रन बनाए । कुशल मेन्डिसले ३१ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै चरिथ असलंकाले ३७ रन बनाउँदा पथुम निशंका ३३ रनको योगदान गरे ।

भारतका लागि उमरान मल्लिकले ३ विकेट लिए । त्यस्तै अक्षर पटेलले २ विकेट लिँदा युजभेन्द्र चहलले १ विकेट हात पारे ।

दुई टोलीबीचको तेस्रो तथा निर्णयक टी–ट्वान्टी अन्तराष्ट्रिय शनिबार राजकोटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!