मिस्टर आरजेसँगै चलचित्रका प्रमुख कलाकारहरु सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीलगायत गीतमा फिचर्ड छन् । सौगात भिन्न लुक्समा देखिएका छन् । यो चलचित्रबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । गीतमा उनलाई पनि देख्न सकिन्छ । आना ढकाल र श्रृजना सिनाले पनि यही चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन् ।चलचित्रको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथा अमित शर्माले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । चलचित्रमा हिमाल केसी र निर्देशक भट्टले एक्सन कोरियोग्राफी गरेका छन् ।निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादन रहेको चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् ।