खबर ठुलो छ

नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गर्नुभएको हो । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर दोषीउपर कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले समितिसमक्ष उजुरी दिनुभएको छ । उहाँहरुले सोसाइटीको नेतृत्व तहले संस्थामा राजनीतिकरण, संस्थाको जग्गा हिनामिना र भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै समितिमा उजुरी गर्नुभएको हो । सांसद लक्ष्मी परियार, विमला परियार र थममाया थापालगायतले सोसाइटीमा देखिएको अनियमिताका बारेमा प्रक्रियागत ढङ्गबाट छानबिन गर्नुपर्ने बताउनुभयो । समितिका सभापति निरुदेवी पालले आवश्यक छलफल र अनुसन्धानका आधारमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

शनिबार, चैत्र ०१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया