वीरगंज १४ पुस । यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले ब्रह्मलुट मच्चाएको समाचार प्राप्त हुन आएको छ । कार्यालय प्रमुख उमेश कुमार रेगमीको दाहिने हात बनेर काम गर्ने गरेका भ्रष्ट प्रवृतिका अधिकृत यादवले लेखा शाखाको साथै अन्य फांटमा पनि आतंक मच्चाएका छन् । प्रमुख रेगमीले कार्यालयमा कम समय दिने र वहां गईसकेपछि निमित्त प्रमुखको रुपमा अधिकृत बनेर कार्य गर्दा भ्रष्टाचारको मामिलामा आतंक नै मच्चाएको सेवाग्रहीहरुले यस अनलाईनलाई बताएका छन् ।

लेखा शाखामा नगदी रसिद लिन जाने सेवाग्रहीहरु संग अनिवार्य रकम लिई रसिद काटने गरेको शाखाले घुसको रकम लिनैका लागि अधिकृत यादवले आफ्ना फांटमा प्रमुख रेगमीको मिलोमतोमा बेतल्बी कर्मचारी राख्न पाएका छन् । सो लेखा शाखामा दिनहुं करिब एक हजार नगदी रसिद कटने भएकोले करिब ९५ प्रतिशत सेवाग्रहीहरु संग ५०÷१०० को नोट घुस वापत लिदै दैनिक करिब ९० हजारको अधिकृत यादवको कमाई रहेको स्रोतले जनाएको छ । यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि अनियमित्त तरिकाले खर्च गरी रकमहरु झ्वाम पार्ने गरेको बताईन्छ । अधिकृत यादवको भ्रष्ट प्रवृतिका कारण पटक–पटक सरुवा भए पनि उनि विभागमा मोटै रकम खुवाई र प्रमुख रेगमीलाई रिझाई रवाना नबुझेको बताईन्छ ।

भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति कमाउन सफल भएका अधिकृत यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायहरुले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदां उनी “दिन दुगुना रात चौगुना” भ्रष्टाचार कार्यलाई तिब्रता दिएको सेवाग्रहीहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!