शनिबार, चैत्र ०१, २०७६ || 721  पटक पढिएको

वजारमा हेण्डवासमा प्रयोग हुुने सेनिटाइजर र मास्कको अभाव भएपछि कोशी अस्पताल विराटनगरले त्यसको आफै उत्तपादन गर्न शुुरु गरेको छ । त्यसमा प्रयोग हुुने आवश्यक सामाग्री वजारवाट खरिद गरि अस्पतालले हेन्ड सेनेटाइजर र मास्क वनाउन शुुरु गरेको हो । अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा अस्पतालले आज विभिन्न केमिकलको प्रयोगगरि २० लिटर हेण्ड सेनेटाइजर उत्तपादन गरेको कोशी अस्पतालका मेसुु डा संगिता मिश्राले वताउनुुभयो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुुसार विभिन्न केमिकल मिसाएर सेनेटाइजर उत्तपादन गरिएको हो । यसैगरि अस्पतालले एक हजारथान डवल लेयरको माक्स समेत वनाएको डा मिश्राले वताउनुुभयो ।
तत्कालकालागी अस्पतालका चिकित्सक , कर्मचारी तथा विरामीहरुकालागी हेण्डवास उत्तपादन गरिएको हो । आवश्यक परेर थप उत्तपादन गर्न सक्ने अस्पतालले जनाएको छ ।
उत्तपादन गरेको हेण्डवास र माक्स एक कार्यक्रमका विच डा मिश्राले प्रदेस न १ को समाजिक विकास मंत्रालयका स्वास्थ्य महासाखा प्रमुुख डा सुुरेश मेहतालाई हस्तान्तरण समेत गरिएको छ । अस्पतालले उत्तपादन गरेको हेण्डवास र माक्स स्वास्थ्य जाचका लागी प्रदेस सरकारले संचालन गरेको हेल्प डेस्कमा प्रयोग गरिने स्वास्थ्य महासाखा प्रमुुख मेहताले वताउनुुभयो ।
हेण्डवास उत्तपादनगर्न हाइट्रजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ । कोरोना भाइरस सक्रमितका लागी अस्पतालले ३ सैयाको फिवर क्लिनिक संचालन गर्ने तयारी भइरहेको अस्पतालका डा लक्ष्मिनारायण यादवले वताउनुुभयो । कोरोना भाइरस सक्रमण विरामीको चेकजाजाचका लागी ल्याव समेत संचालनमा अस्पतलालले संचालनमा ल्याएको छ । हेण्डवास वजारमा सर्टेज भएको र कहिकतै पाइएमा त्यसका मुुल्य अहिले ६ सय प्रतिशतले वृद्धि भएकालेपनि अस्पतालले आफै हेण्डवास उत्तपादन गरेको डा यादवले वताउनुुभयो । प्रदेसकै सवैभन्दा ठुुलो कोशी अस्पतालमा देनिक दुुइहजार भन्दा वढि विरामी उपचारका लागी आउने गर्दछन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!