हिपमत डटकम

मंगलबार, पौष १२, २०७९ || 460  पटक पढिएको

नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने भन्ने अन्योल सिर्जना
भएको बेला आफूमातहतका निकायलाई अनुसन्धान गर्न खुला छाडिदिए पनि अनुसन्धान हुनेमा शंका उत्पन्न भएको छ ।

 

उनले आफैंमाथि अनुसन्धान गर्न प्रहरीलाई छुट दिएको भन्दै सञ्चारमाध्यममा भने पनि आफू पदमा रहँदा त्यसको छानविनमा पर्ने असर र प्रभावबारे भने उनी मौन छन् । त्यति मात्र होइन, सञ्चारमाध्यमका अगाडि सार्वजनिक खपतका निम्ति नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्भित्रै आफू प्रतिपक्षी बन्ने घोषणा गरे ।

मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले प्रधानमन्त्रीको प्रस्तावमा असहमति गरे त्यहीँबाट बाहिरिनुपर्ने नैतिक दायित्वलाई पनि बिर्सेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!