हिपमत डटकम

मंगलबार, पौष १२, २०७९ || 471  पटक पढिएको

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् ।

 

पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा। प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उहाँकी पत्नी मज्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ।

उनीहरूके कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताए ।

आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणबद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!