शनिबार, चैत्र ०१, २०७६ || 736  पटक पढिएको

पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् ।परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । उनी आफ्नै साततले घरको टपमा बसेका थिए ।

ड्यानियलको सम्पर्कमा रहेका रोनाल्डोलाई पनि सुरुमा कोरोना भएको आशंका गरिएको थियो । तर पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना संक्रमण नदेखिएको बताएका छन् । रोनाल्डोको स्वास्थ्यको विषयमा चासो हुनु स्वभाविक हो । हामीले उनको स्वास्थ्य अवस्थालाई राम्रोसँग नियालिरहेका छौं । अहिले उनमा संक्रमणको कुनै लक्षण र सम्भावना छैन,’ अध्यक्ष मिगेलले भनेका छन् ।

यसअघि बुधबार रोनाल्डोलाई कोरोना भएको र उनी क्वारेन्टाइनमा बस्नु परेको समाचारलाई विश्वभरका सञ्चार माध्यामले प्राथमिकताका साथ प्रकाशित गरेका थिए । पोर्चुगलका चर्चित सञ्चार माध्यामले पनि यस विषयलाई मुख्य समाचार बनाएका थिए । रोनाल्डोका सहकर्मी युभेन्ट्सका ड्यानीयल संक्रमणका कारण अहिले उपचार गराई रहेका छन् । युभेन्ट्सका अन्य खेलाडी र अफिसियललाई पनि क्वारेन्टाइनमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!