हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 377  पटक पढिएको

उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ । उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, रेलिङ तथा वाइरिङ कोट ढलान गर्न बाँकी नै छ ।

 

मुग्लिङपछि नेपालकै दोस्रो ’आर्क डिजाइन’मा निर्माण भइरहेको फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण अन्तिम चरणमा पुगेकै बेला जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । लामो समय अलपत्र रहेको सो पक्की पुल निर्माणको अन्तिम चरणमा रहेकै समय बिहीबारबाट जबर्जस्ती यातायात सञ्चालन गरिएको छ ।

१० वर्षदेखि अलपत्र पुल अन्तिम चरणमा छ । पुलको बेरिङकोट, एप्रोज रोडलगायतका कामै नसकी सञ्चालनमा आएको छ । करिब १९ करोड ६० लाखको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्नेगरी ठेक्का लिएको थियो । तर, ढिलासुस्तीका कारण अझै काम सकिएको छैन । पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारी निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । अब एक महिनाभित्र सकिने उनी भन्छन् । यो समाचार राजधानी दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!