हिपमत डटकम

आइतबार, पौष १०, २०७९ || 539  पटक पढिएको

राष्ट्रिय वाणिज्य बैङ्क​ले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ ।

 

बैङ्क​ले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो । नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैङ्क​ सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा शनिबार बाणिज्य बैङ्क​ धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे । योसँगै बैङ्क​ले सबैखाले कारोबार सेवा खुला समेत गरेको छ ।

शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, टिमुरे, थुमन, चिलिमे, हाकु, गोल्जुङ, गतलाङ, स्याफ्रुसमेतका बासिन्दालाई प्रत्यक्ष सेवा दिने उक्त शाखाका प्रबन्धक हेमन्त सुवेदीले जानकारी दिए ।

रसुवागढी नाका सञ्चालनमा आएपश्चात निजी क्षेत्रबाट दर्जनौँ बैङ्क​ रसुवा भित्रिए छन् । बाणिज्य बैंकले धुञ्चेमा थप शाखा विस्तार गरेसँगै स्थानीय बासिन्दा हर्षित भएको रसुवा नागरिक समाजले जनाएको छ ।

सो अवसरमा बैङ्क​का सञ्चालक समिति सदस्य केदार घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेल, जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, बैङ्क​ प्रदेश प्रबन्धक ध्रुवप्रसाद अर्यालयलगायतको सहभागिता रहेको थियो ।

विपन्न, व्यापारिक, घर निर्माणसमेतका विविध शीर्षकमा रु पाँच लाखदेखि पाँच करोडसम्म बैङ्क​ले कर्जा प्रवाह गर्ने जनाइएको छ । बैङ्क​ले नेपाल राष्ट्र बैङ्क​को नीति, नियम र मापदण्डका आधारमा सेवा प्रवाह गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!