हिपमत डटकम

बिहिबार, पौष ०७, २०७९ || 469  पटक पढिएको

आफू सरकारी कर्मचारी हुँ भन्दै सरकारी कार्यालयका कर्मचारीलाई नै धम्क्याएर पैसा असुली धन्दा गर्दै आएका र हाल फरार रहेका एक व्यक्ति पत्ता लगाउन सहयोग गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपियाँको पुरस्कार घोषणा गरेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दै ती व्यक्तिको फोटोसमेत सार्वजनिक गरेको छ तर सूचनामा आयोगले ती व्यक्तिको फोटोबाहेक अन्य विवरण खुलाएको छैन । दुईवटा फोटो (एउटा सामान्य सम्पादन गरिएको र अर्को नगरिएको) सार्वजनिक गरेर आयोगले ती व्यक्तिको बारेमा जानकारी गराउने पहिलो व्यक्तिलाई पुरस्कृत गर्ने जनाएको हो । आयोग स्रोतका अनुसार सरकारी कार्यालयमा धम्क्याउँदै पैसा असुल्ने गरेका ती व्यक्तिको फोटो सीसी क्यामराबाट निकालिएको हो । ती व्यक्तिले शिक्षासँग सम्बन्धित एक कार्यालयमा गएर पैसा असुलेको आयोग स्रोतले जनाएको छ । आयोगका अनुसार उनी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने विभिन्न तहका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणमा पनि संलग्न हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!