हिपमत डटकम

बुधबार, पौष ०६, २०७९ || 11727  पटक पढिएको

बर्दिबास उद्योग वाणिज्य सङ्घको कार्यसमिति निर्वाचनबाट  विष्णुबहादुर खड्का अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनबाट उहाँको प्यानल नै विजयी भएको छ ।

सङ्घको कार्यसमिति अध्यक्षसमेत १३ पदका लागि मंगलबार बर्दिबास सेवा समितिको भवनमा मतदान भएको थियो । बुधवार (आज) सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खड्काले ७३४ मत प्राप्तगरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले ६१३ मत प्राप्त गर्नुभएको छ ।

१२१ मतान्तरले खड्का विजयी हुनुभएको हो । अध्यक्ष पदका अर्का उम्मेदवार जोगेन्द्र श्रेष्ठले ३ मत मात्र प्राप्त गर्नुभयो । प्रमुख निर्वाचन अधिकृत टीकाध्वज खड्काकाअनुसार १२ जना सदस्य पदका लागि २४ जनाको उम्मेदवारी परेकोमा खड्का प्यानलका आठ र गौतम प्यानलका चार सदस्यको जित भएको हो ।

विजयी सदस्यमा सन्तोषकुमार श्रेष्ठ ९०४, दीपक कार्की ८५८, सन्तोष सिग्देल ८५६, उत्तमकुमार श्रेष्ठ ८३३, रन्जीतराज ढुङ्गाना ७५० र शैलेश दाहालले ७४६ मत प्राप्त गर्नुभयो । त्यस्तै, गुञ्जबहादुर कार्की (गोपाल) ७३०, सुरज खड्का ७२७, चन्द्रबहादुर खड्का (विनोद) ७१७, उषा ढकालले ६९६ मत प्राप्त गरी विजयी हुनुभयो ।

मतगणनामा गौतम प्यानलका बेचुबहादुर बल र खड्का प्यानलका बद्रीप्रसाद हुमागाईँ दुवैले ६७४ मत प्राप्त गरी बराबरी भएपछि गोला प्रथा गराइएको थियो । गोला प्रथामा बल विजयी हुनुभयो । अध्यक्षलगायत विजयी उम्मेदवारलाई प्रमुख निर्वाचन अधिकृत खड्काले बुधबार विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । एक हजार ७६९ मतदाता रहेको बर्दिबास उद्योग वाणिज्य सङ्घको चुनावमा एक हजार ४७३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!