बीरेन्द्रकुमार साह

बुधबार, पौष ०६, २०७९ || 3814  पटक पढिएको
सहयोगले फेरियो जीवन तस्बिर :निशान कंडेल

बिराटनगर। लुथरन विश्व फेडेरेसनको आर्थिक तथा प्राबिधिक सहयोगमा लुथरन समुदायिक कल्याण समाजद्वारा जहदा गाउँपालिकामा संचालित कार्यक्रमहरुको आज अनुगमन गरिएको छ। लुथरन समाजको सहयोगमा जहदा गाउँपालिका वडा न ४,५ र ७ मा बिभिन्न कार्यक्रमहरु संचालित छ। सन् २०१० मा स्थापना गरिएको लुथरन समुदायिक कल्याण समाजले मोरंग जिल्लाको ५ पालिका र झापा जिल्लाको २ पालिकामा यस प्रकारको कार्यक्रमहरु निरन्तर संचालन गर्दै आएको छ। लुथरन समाजको कार्यक्रमहरुले गरिब ,बिपन्न परिवारको जीवन स्तरमा सुधार समेत आएको छ। स्थापनाको छोटो समयमा नै जनमानस माझ सस्थाको लोकप्रियता बढेको छ।

समाजका अति बिपन्न ,गरिब परिवारलाई यो सस्थाले सहयोग गर्दै आएको छ। सस्थाको नेपाल बिकाश परियोजना अन्तर्गत जहादाको ३ वटा वटामा विभिन्न कार्यक्रमहरु संचालनमा रहेको छ । सस्थाले जहदा गाउँपालिका वडा न -७ मा ३२ घर सल्टर निर्माण गरेको थियो साथै उक्त वडामा भकारी र उच्च धारा समेत निर्माण गरेको कार्यक्रम संयोजक जोईल सोरेनले बताए।

जहदा गाउँपालिकामा संचालित कार्यक्रम र निर्माण गरिएको संरचनाहरुको जहदा गाउँपालिकाकी उपमेयर हन्ना सोरेनको नेतृत्वमा अनुगमन समेत गरिएको छ। हामि हरेक बर्षमा एक पटक नेपाल सहयोग परियोजना अन्तर्गत सहयोग गरेको स्थानमा अनुगमन गर्ने गरेका छौ। सस्थाका कार्यक्रम संयोजक जोइल सोरेनले बताए।

नेपाल सहयोग परोयोजना अन्तर्गत नै सस्थाले जहदा -४ का किसानहरुलाई नयाँ तरिकाले कसरि कराकारी खेति गर्न सकिन्छ भनेर तालिम समेत प्रदान गरिएको सोरेनले बताए। तालिम लिएका कृषकहरुलाई उन्नत जातको बिउ बिजन समेत सहयोग गरेको बताए। २ देखि १५ कटठा जमिनमा किसानहरुले खेति गर्दै आएको छ। उक्त तालिमले कृषकहरुले राम्रो उत्पादन गरेको अनुमान गर्दा महसुस गरेको सस्थाका सदस्यहरुले बताए।

जहदा -५ का उधमी युवाहरुसंग भेटघाट गरि युवाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम समेत संस्थाले संचालन गरेको थियो उक्त तालिम लिएका युवाहरु अहिले आफ्नै व्यवसायमा सक्रिय रहेको उनीहरुले बताए। वडा न -५ कै केहि व्यक्तिलाई सस्थाले नयाँ डिजाईनका साथ ढकिया बनाउने तालिम दिएको थियो उक्त तालिम लिएका लिएका व्यक्तिहरु अहिले आफुले निर्माण गरेको ढकिया बिराटनगर लगायत आसपासका क्षेत्रमा बिक्रि वितरण गरेर मासिक २५ देखि ३० हजार पुरिया आम्दानी गर्दै गरेको र सिजनमा ४० देखि ५० हजार रुपैया कमाउने गरेको अनुगमनको क्रममा बुझेको गोपाल सोरेनले बताए। सस्थाले गरेको सहयोगका कारण आफुहरुको जीवन स्तरमा समेत सुधार आएको युवाहरुले बताए।

जहदा गाउँपालिका वडा न -५ मै रहेको भानु आधारभुत बिधालयमामा सरसफाई कार्यक्रमको सुरुवात गरि बाल कक्ष संचलान गर्न सहयोग सस्थाले गरेको थियो। उक्त बिधालयको शौचालय मर्मत गर्न समेत सस्थाले सहयोग गरेको थियो। अनुगमनको क्रममा बिधालयमा बाल कक्ष प्रभावकारी रहेको अनुगमन कर्ताको बुझाई छ।

सस्थाले जहदा गाउँपालिका वडा न -५ मा गत बर्ष आएको बाढीले बिस्थापि गरेको परिवारलाई समेत सहयोग गरेको थियो।केहि व्यक्तिलाई आत्मनिर्भर बन्न सस्थाले किसान पसल समेत खोलिदिएको थियो। सस्थाले निरन्तर समाजका अति नै बिपन्न तथा गरिब परिवारको उत्थान र बिकाशकोलागि निरन्तर सहयोग गर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!