हिपमत डटकम
रतुवामाई ,मंसिर १९ ।

गाउँ नगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भुमिका भन्ने नाराका साथ रतुवामाई नगरपालिकामा १६ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस भव्यताका साथ मनाईएको छ ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा रतुवामाई नगरपालिकामा स्वास्थ्य स्वयंसेविका भई काम गरेर ६० वर्ष पार गरेका १२ जना स्वास्थ्य स्वयंसेविकाहरुको कामलाई कदर गर्दै दोसल्ला , प्रमाणपत्रका साथमा साठीहजार रुपैया सहित स¬–सम्मान विदा गरिएको छ । त्यसै गरी उत्कृष्ट कामगर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा वोल्दै नगर प्रमुख रविन राईले स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयं सेविकाहरुको भुमिका अतुलनिय रहेको भन्दै अझै लागिपर्न आग्रह गर्नुभयो । स्वयंसेविका भएर काम गर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको समस्याहरुको नगरपालिकाले उचित सम्बोधन गर्ने बताउनु भयो । निस्वार्थ भावनाले अहोरात्र खट्ने स्वयंसेविकाहरुको सम्मान स्वरुप अवकासहुदा नगरपालिकाले नगद साठी हजार रुपैया प्रदान गरेको पनि बताउनु भयो ।
कार्यक्रममा वोल्दै नगर उप प्रमुख दयन्त देवि चुडालले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो । नगरपालिका स्वास्थ्यचौकीका प्रमुख, नगरभरीका महिला स्वास्थ्य स्वयंसेविका, अन्य कर्मचारीहरु , सर्वसाधारण लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!