शुक्रबार, फाल्गुण ३०, २०७६ || 759  पटक पढिएको

ईलाका प्रहरी कार्यलय रंगेली ले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरे पछि पुर्वि माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुनथालेको छ ।
ईलाका प्रहरी कार्यलय रंगेली ले अाफ्नाे माहातहत्मा रहेका स्थानीय तहमा गएर जनतासँग चिया प्रहरी कार्यक्रम गरेपछि बिगतका दिन हरु भन्दा अहिले अपराधीक का घटना हरु मा कमि अाउन थालेको छ। प्रहरीले गाउँ घर चाेक चाेक गएर अशिक्षित तथा मध्यमबर्ग का स्थानीय हरु लाई शान्ति सुरक्षा, अपराधका घटना, बलत्कार , चेलिबेटी बेचबिखन , लागुअाैैैषध, लगायतका बिषयमा जनचेतनामूलक कार्यक्रम हरु गााउँमै पुगेेेर जनता संग चिया कार्यक्रम सञ्चालन गरे पछिल्लो समयमा ईलाका प्रहरी कार्यलय रंगेली मा हरेक मुद्दामा कमि अाएकाे छ ।
रंगेली प्रहरी मा गत बर्ष मा शिक्षा ऐन,चाेरी, अवद्रह ब्यवहार ,मानव अाेसारपाेसार ,जवरजस्ति करण लागायत गरि २सय १० जना बिरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरेकाे थियोे । भने यश बर्षकाे असार मसान्त देखि हाल सम्ममा सवारी दुर्घटना ,अागजनि, कुटपिट लगायत गरि ७६ जना बिरुद्ध मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दाहाल ले बताए । बिगतका दिन हरुमा ईलाका प्रहरी कार्यलयमा रहेको थुनुवा कक्षमा भरिभराउ थुनुवा हरु हुने गरेता पनि पछिल्लो समयमा भने थुनुवा हरु समेत एक दुई जना मात्रै रहेको छन । बिगत का दिन हरु मा प्रहरी कार्यलयमा मुद्दा मामिला मिलाउन राजनीतिक दलका कार्यकर्ता देखि बुद्धिजीवी, समाज सेवि हरु समेत प्रहरी मा धाउने गरेता पनि अहिले भने त्यसमा कमि समेत अाएकाेे छ । पिडित का अाफन्त हरु स्वयंमै प्रहरी प्रमुख लाई भेटने र अाफै सबै कुुुरा खुलेरै बताउन थालेे पछि राजनीतिक दलका कार्यकर्ता अावतजावतमा समेत कमि अाएकाे छ । जनाता संग प्रहरी कार्यक्रम का कारणले समेत सामुदायिक प्रहरी समेत अहिले मुद्दा मामिला समेत कम अाउन थालेको सामुदायिक प्रहरी का अध्यक्ष मचिन्द्र कटुवालले बताए । ईलाका प्रहरी कार्यलय ले रंगेली नगरपालिका ,घनपालथान गाउँ पालिका र सुनबर्सि नगरिपालीका मा गई जनता संग प्रहरी कार्यक्रम सञ्चालन गर्दे अाईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!