शुक्रबार, फाल्गुण ३०, २०७६ || 717  पटक पढिएको

मोरङ सुन्दरहरैचा-७ का ५०बर्षीय योगेन्द्र प्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बिहान साढै ११ बजेसुनसरी भोक्राह नर्सिङ-४ चिरौली चोक स्थित राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश १-०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकल चालक योगेन्द्र प्रसाद रिजाल गम्भिर घाईते भई बिराटनगर न्युरो अस्पतालमा उपचार भईरहेकोमा उनको उपचारको क्रममा साझँ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुबै साधन र माईक्रो चालक. बिराटनगर-१६ का ५२ बर्षीय आयुराज लामा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसै गरी सुनसरी बराहक्षेत्र-५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका सवाँ ६ बजे राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाइ ठक्कर दिदा गम्भिर घाईते भएका उनलाई थप उपचारार्थ काठमाण्डौ लादै गर्दा आज बिहान ०३ बजे उनको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक प्रदिप चौधरी नियन्त्रणमा रहेको सोही कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!