बीरेन्द्रकुमार साह

मंगलबार, मंसिर २०, २०७९ || 2003  पटक पढिएको

बिराटनगर। अहिले देशको बिभिन स्थानमा कृतिमा रुपमा ताल तथा पोखरीहरु निर्माणको क्रम बढ्दो छ । आम नागरिकहरु नजिकैको रमणीय स्थानमा स परिवार रमाउन चाहन्छन् । आन्तरिक पर्यटनको राम्रो संभावना बोकेको सुनवर्षि नगरपालिका वर्डा नं. १ को केचनामा प्राकृतिक रुपमा अवस्थित कमलपोखरी प्रचार प्रसारको अभावमा छ।

महेन्द्र राजमार्गदेखि १३ कि. मि. दक्षिणि भेगमा रहेको यस पोखरीमा अत्यन्तै दुर्लभ मानिने सेतो कमलको फुल पाईनु यसको मुख्य विशेषता हो । पोखरीमा रातो, निलो कमलका फुलहरु प्रशस्त फुल्ने गरेको छ । धेरै प्रजातिका माछा, कछुवा, जल कुखुरा, हाँस र अन्य जलचर प्राणीहरुको पनि यो पोखरी बासस्थानको रुपमा रहेको छ ।

करिब ७ बिगाह क्षेत्रफलमा फैलिएको यस पोखरीको बिचमा शिवालय मन्दिर रहेको छ भने छेउछाउमा साकेला, हनुमान, राम लगायतका देवालयहरु रहेका छन् । पोखरीको वरिपरि डिलमा विभिन्न प्रजातिका बोटबिरुवा समेत रहेका छन् । बिश्वको मान चित्रमा प्राकृतिक रुपमा रहेका सिमसारको ठुलो महत्व छ । नेपालको सुदुर पुर्बी मोरङ जिल्लाको केहि दक्षिण भागमा रहेको छ कमल पोखरी ।

उत्तर महेन्द्र राजमार्गबाट करिब १३ कि. मी. दक्षिण मनमोहन गान्धी मार्ग र दक्षिण रङेलीबाट पनि करिब १३ कि. मी. उत्तरमा पर्ने एउटा ऐतिहांसिक पोखरी पनि हो कमल पोखरी । कमल पोखरीमा आउनासाथ ढकमक्क कमलको फुल फुलिरहेको अति रमणिय हरियाली वातावरण सगै बिभिन्न चराचुरूङीको मधूर आवाज साथै विभिन्न देवी देऊरालीहरूको अनूपम समगमले भरिपूर्ण भएको पवित्र स्थल देख्न पाइछ । यस पोखरीको बारेमा धेरै किम्वदन्ती अनुसार यस ठाँऊमा परापुर्व कालबाट नै जल पर्लय भएझै निरन्तर जल उत्पती भएको हुनाले आज सम्म पनि त्यो विशाल ताल लाई देख्न सकिन्छ ।

त्यहि पोखरीको बिचमा भारतको विशाल धार्मिक स्थल नर्वदाबाट विशेस शिव लिङग ल्याई जलेश्वर माहादेवको शुन्दर मन्दिर स्थापित छ । जुन रमणिय कमल पोखरीको आँगनमा नै त्यस ठाँऊका स्थानिय बासिन्दा भूमी पुजारी किराँतीहरूको शुन्दर किराँतेश्वर मन्दिर अवस्थित छ । यहाँ पुग्न मोरङको पथरी बजारबाट दक्षिण शनिश्चरे, सोमबारे, कुशलचोक हुँदै केचना पुग्नुपर्ने हुन्छ । केचनाको शुक्रबारे बजार (केचना चोक) कै दक्षिण दिशामा यो पोखरी अवस्थित छ । यस पोखरीको प्रचारप्रसारमा एवम् यसको सरक्षणमा स्थानीय निकायको ध्यानजान आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!