हिपमत डटकम

सोमबार, मंसिर १९, २०७९ || 306  पटक पढिएको

विरामी बोकेर अस्पतालतर्फ जाँदैगरेको एम्वुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते जति सवै महिला तथा नाबालक रहेका छन् ।

दुर्घटनामा घाइते हुनुभएकी रामगोपालपुर –९ का २४ वर्षीया बिनितादेबी यादवको अबस्था गम्भीर छ । शरीरको विभिन्न अङ्गमा चोट लागेको उहाँलाई राति नै जनकपुरस्थि न्यूरो अस्पतालमा भर्ना गरिएको छ । प्रहरीकाअनुसार बिनिताका दुई महिनाकी छोरी र ३० वर्षीया जेठानीदिदी रानीदेवी यादव घाइते हुनुभएको छ ।

दुर्घटनामा परी सोही ठाउँकी २५ वर्षीया प्रियंका देवी तथा १८ महिनाको छोरो रीतिक र ६० बर्षीया सासुआमा श्रीमती देवी समेत घाइते हुनुभएको छ । उहाँहरुको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरस्थित जानकी एकेडेमी हस्पिटलबाट मान्छे बोकेर पर्सातर्फ जाँदैगरेको नाअ प ९८ नम्बरको अनटेस्ट एम्बुलेन्स आइतबार राति साढे १० बजे महोत्तरीको मनरासिसवा –३ भोलही नजिक दुर्घटना भएको थियो ।

राति नै घटनास्थल पुगेका प्रहरी र स्थानीयले विरामीलाई उद्धार गरी अस्पताल लगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलका अनुसार एम्वुलेन्सलाई इटहरवाकट्टीस्थित इलाका प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनालगत्तै चालक फरार छन् । दुर्घटनाको कारण स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!