बिहिबार, फाल्गुण २९, २०७६ || 2031  पटक पढिएको

विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरी सम्मान एवं पुरस्कार प्रदान गर्दैआएको फिल्मीखबर चलचित्र वर्ष व्यक्ती एवं फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

फिल्मीखबर चलचित्र वर्ष व्यक्तीका रुपमा यस पटक पुरुष तर्फ निर्देशक प्रदीप भट्टराई र महिला तर्फ गायिका मेलीना राई चयन भएको फिल्मीखबर साप्ताहिकलेघोषणा गरेको छ । थुप्रै टेलिचलचित्रमा कार्यगत अनुभव बटुली चलचित्रमा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमश जात्रा, शत्रुगते एवं जात्रै जात्राको ह्याट्रिक सफलता सँगैयस वर्ष सफल चलचित्र जात्रै जात्राका आधारमा चयन गरिएको फिल्मीखबरले बताएको छ । भट्टराई यतिखेर चर्चित टेलिभिजन रियालिटी शोमा निर्णायक रहेका छन् भनेजात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन् । त्यस्तै पाश्र्व गायन यात्राको पहिलो गीत कम्मरमाथी पटुकी (नाइ नभन्नु ल – २) देखि निरन्तर रुपमा पाश्र्व गायनमासफल मेलीना राईलाई यस वर्षको महिला तर्फको वर्ष व्यक्तीमा चयन गरेको फिल्मीखबरले बताएको छ ।

चलचित्र गीत, आधुनिक एवं लोक गीत जताततै उनको व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मान्दै मेलीना राईलाई चयन गरिएको फिल्मीखबरको कथन छ ।

यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सवीन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंगपत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा फिल्मीखबरले गरेको छ । विगत डेड दशकभन्दा लामो अवधिदेखि रंग पत्रकारितामा सक्रिय रुपले संलग्न रही हाल उनिम्यूजिक खबर डटकम र म्यूजिक खबर पाक्षिकमा प्रधान सम्पादक रहेका छन् । रंग पत्रकारितामा सक्रियताको मूल्यांकन गर्दै फिल्मीखबरले फिल्मीखबर सवीन स्मृति रंगपत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको छ ।

वार्षिकोत्सवकै दीन कार्यक्रम गरि सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना प्रकोपका कारण केहि दीन पछी कार्यक्रम गरि सम्मन र पुरस्कार प्रदान गरिनेफिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले बताएका छन् ।

प्रियका अनुसार वर्ष व्यक्तीका लागि ट्रफी, प्रमाणपत्र सहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद राशी ११०११।– (एघार हजार एघार रुपैयामात्र) सहित सम्मान पुरस्कार प्रदान गरिने छ ।

फिल्मखबर विगत ११ वर्षदेखि नियमीत रुपमा प्रकाशन हुँदै आइरहेको नेपालको एकमात्र फिल्मी साप्ताहिक हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!