हिपमत डटकम

बुधबार, मंसिर १४, २०७९ || 1322  पटक पढिएको

विराटनगर। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । “मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,” कोइरालाले भने, “तपाईंहरु बुद्धिजीवीहरुले देशलाई सही बाटोमा अगाडि बढाउनका लागि नेताहरुलाई खबरदारी गर्नुहोस् । कतै मैले पनि गलत गरें भने तत्कालै भन्नुहोला ।”

नेता कोइरालाले सुशासन, आर्थिक पारशर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाए । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाए । मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याए । “अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ,” उनले भने ।

भेलामा वरिष्ठ साहित्यकार एवं मानव अधिकार तथा शान्ति समाज मोरङका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले प्रदेश–१ ले नेता कोइरालाबाट ठूलो आशा र भरोसा गरेको बताए । कोइरालालाई बुद्धिजीवीहरुले माला र खादा लगाएर बधाईसमेत दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!