बिहिबार, फाल्गुण २९, २०७६ || 588  पटक पढिएको

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एकजना नेता उदयपुरबाट पक्राउ परेका छन्। विप्लव नेतृत्वको नेकपाका उदयपुर जिल्ला सेक्रेटरी जीतबहादुर मगर ‘विक्रान्त’लाई गढी गाउँपालिका–७, अँधेरीबाट प्रहरीले पक्राउ गरेको हो। विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको छ। यसबीचमा विप्लव समूहका करिब १५ सय नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि गत पुसमा विप्लव समूहका उदयपुर जिल्ला इन्चार्ज बाबुराम सुवेदी र सेक्रेटरी सुरेन्द्र थापालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। दुवै नेता पक्राउ परेपछ मगरलाई नयाँ सेक्रेटरी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!