हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 3001  पटक पढिएको

मङ्सिर ११ गते । आकृति बिकको महिनावारीको समयमा बिचैमा स्कुल छोडेर घर जानु पर्ने बाध्यता हटेको छ । विद्यालयले स्यानीटरी प्याड दिन थालेपछि ढुक्कले उहाँ पढाइलाई निरन्तरता दिन पाउनु भएको छ ।

सैनामैना १ दुर्गा माध्यमिक विद्यालयका शिक्षिकाहरूले महिनावारी हुँदा स्कुल छोड्नुपर्ने बाध्यता बुझेर पहल गरेपछि सैनामैना नगरपालिकाको सहयोगमा प्याड वितरण गरिएको हो ।

घरको आर्थिक अवस्था निकै कमजोर प्याड किन्न पैसा नहुने स्कुलमा महिनावारी हुँदा बिचैमा स्कुल छोड्नु पर्दा पढाइ छुट्ने समस्या बताउँदै आकृति भन्नुहुन्छ अहिले धेरै सजिलो भएको छ । एक दिन पढाइ छुटेको छैन ।

विद्यालयले ३ वर्ष अघिबाट स्यानीटरी प्याड दिन थालेको हो । स्कुलले एक महिनामा एक जना छात्रालाई ६ पिस प्याड दिने आकृति बताउनु हुन्छ । विद्यालयमा महिनावारी हुँदा कसैले कपडामा ब्लड देख्ने हुनकी धेरै पिडा भोगेको तितो यथार्थ सुनाउँदै छात्रा कृति थापा भन्नुहुन्छ अहिले पहिलाको जस्तो छैन सजिलो भएको छ ।

पहिला वडाको सहयोगमा र स्कुल मिलेर ५, १० रुपियाँ उठाएर फन्ट बनाएर सकलन गरेर छात्राहरूलाई प्याड दिइएको बताउँदै शिक्षिका मञ्जु आत्रेय भन्नुहुन्छ अहिले नगरपालिकाको कार्यक्रम आएपछि सहयोग हुन थाल्यो सहज भएको छ ।

महिनावारी हुँदा छात्राहरू छुट्टी माग्दै जाँदै गर्थे यस्तो समस्या देखेर हामीले योजना बनाएर विद्यालयबाटै थालनी गरेका हौ, मञ्जु बताउनुहुन्छ । सैनामैना १० पशुपति माबिका प्रधानाध्यापक हरिप्रसाद थापा भन्नुहुन्छ, प्याड वितरण पहिला ९० प्रतिशत छात्रा बिचैमा स्कुल छोडेर जान बाध्य हुन्थे अहिले त्यो समस्या छैन।

सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र शर्माले सबै वडाका स्कुलहरूमा स्यानीटरी प्याड किनेर निःशुल्क वितरण गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!