बिहिबार, फाल्गुण २९, २०७६ || 905  पटक पढिएको

चीनमा कोरोना भाइरसको संक्रमणबाट झण्डै ३२ सय मानिसको मृत्यु भइसकेको छ । संक्रमितको तथ्यांक एक लाख पुग्दैछ । भारतमा कोरोना भाइरसको संक्रमणबाट बिहिबार विहानसम्म ७३ जना संक्रमित भएको तथ्यांक छ । त्यसमाथि नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा ११ जना संक्रमित भइसकेका छन् । तर, उत्तर तर्फ चीन र बाँकी तीनतर्फ भारतसँग सीमा जोडिएको नेपाल कोरोना भाइरसको संक्रमणबाट मुक्त छ ।

नेपालमा एक महिना अघि एकजना संक्रमित भेटिएकामा उपचारपछि संक्रमण मुक्त भएका छन् । त्यसपछि कोहीपनि संक्रमित भेटिएका छैनन् । कोरोनाको आशंकामा विभिन्न व्यक्तिहरुको परीक्षण भएपनि परिणाम नेगेटिभ आयो । बजारमा धेरै हल्ला भए ।

कोरोनाको खतरा भन्दै संसद देखि सडकसम्म विभिन्न व्यक्तिहरु विद्यालय बन्द गर्नुपर्ने भन्दै आएका छन् । तर, सरकारले छिटो परीक्षा सक्न भन्दै विद्यालय बन्द घोषणा गरेको छैन । त्रिविले परीक्षा सार्ने निर्णय गरेको छेन । एसईई परीक्षाको मिति पनि यथावत् छ । यद्यपि त्रास घटेको छैन । कोरोनाबाट कोहीपनि संक्रमित नरहेको तथ्यांक अहिलेसम्म छ ।

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहँदा नेपालमा के पक्कै यसको संक्रमण फैलिएको छैन ? स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले २३ फागुनमा ऋषि धमलासँगको कुराकानीमा कोरोना भाइरसको संक्रमित देशभित्र नभएको बताएका थिए । उनले स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था नरहेको समेत बताए । तर, वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले भाइरसको संक्रमणको खतरा रहेको भन्दै सरकारले सीमा बन्द देखि आवश्यक सबै तयारी गर्नुपर्ने बताउँछन् । उनले यसमा हेलचेक्रयाई गर्न नहुने बताउँदै आएका छन् ।

विश्वभर महामारी बनेको कोरोना भाइरसको अति जोखिममा नेपाल पनि रहेको बताइएको छ । तर, नेपालमा एकजना संक्रमित भेटिएकोमा त्यसपछिको तथ्यांक अनुसार कोहीपनि संक्रमित भेटिएको छैनन् । यसलाई कतिपयले पशुपतिनाथको कृपा भनेका छन् त कतिपयले तथ्यांक लुकाइएको हो कि भन्ने आशंका समेत गरेका छन् । यद्यपि, नेपाल कोरोना भाइरसको महामारीबाट जोगिनसक्ने कारण र आधारहरु तयार हुनसक्छन् । बेलैमा आवश्यक तयारी गरी सरकारले ठोस कदम चाल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!