बिहिबार, फाल्गुण २९, २०७६ || 902  पटक पढिएको

पोखरामा आजबाट चलचित्र ‘२ नम्बरी’ को छायांकन सुरु भएको छ । चलचित्र निर्माता सङ्घले कोरोना त्रासका कारण चलचित्रको छायाँकन रोक्न आग्रह गरे पनि निर्माताहरुले भने छायाँकन रोकेका छैनन् । अहिले केही चलचित्रको छायाँकन भइरहेको छ । चलचित्र ‘परदेशी २, ए मेरो हजुर ४’को छायाँकन अगाडि बढिरहेको छ भने यस्तै चलचित्र ‘२ नम्बरी’को छायांकन पनि आजबाटै सुरु गरिएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार हुने यो चलचित्रलाई ३५ दिन खिचिनेछ । सम्पूर्ण छायाँकन पोखरामा नै हुने निर्माणपक्षले बताएको छ । चलचित्रका मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका उगेन छोदेनले पहिलो दृश्य दिएका छन् । चलचित्रका मुख्य दुई कलाकार नायक पल शाह र नायिका वर्षा राउत भने चैत ५ गतेबाट छायाँकनमा जोडिनेछन् । यो चलचित्रले दुई साथीको मित्रताको कथा भन्ने निर्माणपक्षले जनाएको छ । चलचित्र आउँदो बर्षको जनै पूर्णिमामा रिलिज गर्ने लक्ष्य राखिएको छ । रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको यो चलचित्रको प्रस्तुतकर्ता किरण नेपाली हुन् । रत्न श्रेष्ठ यो चलचित्रको कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!