हिपमत डटकम

बिहिबार, मंसिर ०१, २०७९ || 16322  पटक पढिएको

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको भोट माग्न सुनसरी पुगेका छन् ।

मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइराला आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम छाडेर कार्कीलाई भोट माग्न पुगेका हुन् । सुनसरीको लौहकीमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस नेतासमेत रहेका कार्की सालिन र विकासप्रेमी नेता भएको टिप्पणी गरे । “ज्ञानेन्द्रजीले यो क्षेत्रमा धेरै नै काम गर्नु भएको छ । उहाँ विकासप्रेमीमात्रै होइन शालिन नेता पनि हुनुहुन्छ,” कोइरालाले भने, “यो क्षेत्रले उहाँजस्तो नेता पाउनु गौरवको कुरा हो । अत्यधिक मतले विजय गराउनु होस् कार्कीले सुनसरीको विकास अझै धेरै गर्नुहुनेछ ।” सम्बोधनका क्रममा कोइरालाले कार्कीलाई भोट दिन पटकपटक आग्रह गरे ।

कोइरालाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । कांग्रेसको नेतृत्वमा सबै राजनैतिक परिवर्तन भएको बताउँदै कोइरालाले भने, “अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धिको हुनेछ ।” गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने उनको भनाइ थियो । जनताले दुई तिहाई बहुमत दिँदा पनि केपी शर्मा ओलीले देशको विकास र समृद्धि गर्न नसकेको उनको टिप्पणी थियो ।

संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा कांग्रेस नेतृत्वको आगामी सरकारले ध्यान दिने कोइरालाले बताए । “हामीले संविधान बनायौं, धेरै राजनैतिक परिवर्तन ग¥यौं,” कोइरालाले थपे, “अब सबैको ध्यान देशको आर्थिक समृद्धि गरेर बढीभन्दा बढी रोजगारी सिर्जना गर्नुपर्छ । देशलाई आर्थिक रुपमा अगाडि बढाउनुपर्छ । नेपाल विकासको गतिमा टेकअप गर्न बाँकी बाँकी छ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!