हिपमत डटकम
ईटहरी ,मंसिर १९ ।

गायन बिधाको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो ‘द भ्वाईस अफ नेपाल’ को यतिबेला फाईनलको तयारी भब्य ढङले भैरहेको छ । भोटिङ र कोचको निर्णयले छाटकाट हुँदै उत्कृष्ट ४ प्रतिष्पर्धी मात्र यतिबेला बिजेताको महासंग्राममा छन । यता बाहिरिएका प्रतिष्पर्धीहरु भने राष्ट्रिय अन्तरास्ट्रिय कार्यक्रमहरुमा अनुबन्ध हुन थालेका छन् ।
भ्वाइसको दोश्रो सिजनबाट उत्कृष्ट ८ हुन सफल मेचु धिमाल कोरिया कार्यक्रममा आफ्नो प्रस्तुती दिन जान लागेकी हुन भने उनी संगै भ्वाइसकै उत्कृष्ट १० सम्म आईपुग्न सफल अर्कि गायिकाको पहिचान बनाउन लागि परेकी अन्जु राना मगरले पनि कोरियाको कार्यक्रममा आफ्नो प्रस्तुती राख्न तम्तयार भएका हुन ।

कोरियाकोमा ओखलढुंगा सेवा समाज द्वारा आयोजना हुने लाईभ कन्सर्टमा यी २ ले आफ्नो धमाकेदार प्रस्तुति राख्दैछन भने कार्यक्रममा नेपालबाट लोकप्रिय तथा पुरानो ब्यान्ड १९७४ एडि लाई लगिदै छ । यो ब्यान्डले बिशेष प्रस्तुती राख्दै त्यहाका नेपालिहरुलाई मज्जैले झुमाउने छ । सो लाईभ कन्सर्ट सलनालको दोश्रो दिन अर्थात जनवरी २५ मा हुदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!