हिपमत डटकम

बिहिबार, मंसिर ०१, २०७९ || 986  पटक पढिएको

मङ्सिर १ गते । कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा कलाकार दौडधुपमा व्यस्त हुनुहुन्छ।

गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी हुनुभएको छ। उहाँ प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहनुभएको छ।

यता अभिनेत्री रेखा थापा पनि चुनावमा व्यस्त हुनुहुन्छ। उहाँले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दर्ता गराउनुभएको थापा अहिले राजनीतिमा सक्रिय हुनुभएको छ। प्रतिनिधि सभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। काठमाडौँ क्षेत्र नं. ६ बाट उम्मेदवारी दिनुभएको छ।

अभिनेत्री गायक मात्र नभएर चलचित्रका निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधि सभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। दासढुङ्गा, वधशाला, ग्रेटर नेपालजस्ता चलचित्र निर्देशन गरिसक्नुभएको उहाँ स्वतन्त्र रूपमा राजनीतिमा आउनुभएको छ। निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उठ्नुभएको छ भने कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएको छ।

निर्माता तथा अभिनेता रोज राणाले पनि नेपाली कांग्रेसका तर्फबाट प्युठानको क्षेत्र नं. १ को २ बाट प्रदेश सभातर्फ उम्मेदवारी दिनुभएको छ। अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!