कमल सरलाई सन्चो भएको हेर्ने ईच्छा छ । उहाँमाथि न्याय भएको छैन । न्याय होस भन्ने श्री पशुपती नाथसंग कामना गर्छु । मैले पत्रकारीता विषय लिएर पढेको त हैन । तर विविएस गर्दैर्गदा मैले समाजमा, बिभेद ,अन्याय, अत्याचार, हिंसा, भ्रस्ट्राचार देखे । ति विकृती बिसंगतीहरुलाई निर्मुल गर्ने विचारका साथ मैले २०६४ साल देखि पत्रकारीता गरे । तिनै कौतुहलताले म व्यवस्थापनको विद्यार्थी पत्रकार बन्ने पुगे (एनपीआई ) बाट मैले ३ महिनाको पत्रकारीता तालिम लिए । त्यसपछी २०६६ सालमा मकालु टेलिभिजनमा काम गर्ने उद्देश्यले एक महिनाको प्रशिक्षण लिन थाले । त्यो बेला कमल पैडेल सरसंग भेट भएको हो । उहाँले मलाई टेलिभिजन पत्रकारीता पढाउनु भएको हो । मैले मकालु टिभिमा करिब १ बर्ष दृष्य सम्पादकको काम गरे । त्यो संगै रिपोर्टीङपनी गरे । त्याँहा रहदा उहाँलाई कहिल्यै मैले रिसाएको देखिन । सधै हसमुख रहनुहुन्थ्यो । विग्रीएको हासेरै कुरा सिकाउनु हुन्थ्यो । उहाँको एउटा कार्यक्रम थियो । डाक्टर तपाँईको साथी त्यो कार्यक्रमको भिडियो व्यगराउण्डकालागी मलाई खिच्न पठाउनु हुन्थ्यो । मैले खिचेर ल्याएका दृष्य सामाग्री खुब मन पाराउनु हुन्थ्यो । मेरो प्रशंसा गर्नु हुन्थ्यो । मलाई सधै हौसल्ला प्रदान गरिरहनु भयो । एक बर्ष पछी मैले त्यो संस्था छोडे । र अरु संञ्चार माध्याममा काम गर्न थाले । त्यसपछी म सधै विहान ६ बजे रेडियो स्टरमा समाचार प्रस्तुत गर्न तिन पैनी –बर गाछी हुदै चाँदनी चौक जान्छु । हो त्यहि सडकमा कमल सर संग बाटो बरगाछीमा भेट हुन्थ्यो । उहाँ सिटी कलेजमा पढाउन जानु हुन्थ्यो । त्यो कलेजमा उहाँ पत्रकारीता पढाउनु हुन्थ्यो । त्यसैले उहाँसंग संयोगले कहिले काँही जम्का भेट हुन्थ्यो । म नमस्कार गर्ने, उहाँ मुसुक्क हास्नु हुन्थ्यो र भन्नु हुन्थ्यो ठिकै छौ नी ? । अनी म ठिक छ भनेर मुन्टो हल्लाउथे ।
तर हिजो–आज कमलसरलाई बरगाछीमा नभेटेको निक्कै भईसक्यो । समय–समयमा उर्जा दिने कमलसर संग भेट नहुदा निकै सुन्ने लाग्छ त्यो बरगाछी सडक । उहाँ विमारी भएको खबरले म निक्कै दुःखी छु । म निशब्द छु। यी शब्दहरु लेख्दा लेख्दै भावुक भएछु । बिस्वस नै लागेन । उहाँले लेखेका स्टाटसका शब्दहरु धेरै आशावादी छन । त्यसैले तपाँईले क्यान्सरलाई जित्नुहोस भन्ने श्री पशुपती नाथसंग प्राथाना गछु । जब सम्झना आउछ तव म तपाँईको सधै स्वस्थ्य लाभको कामना गरिरहेको छु । सबै साथीहरुले तपाँईलाई भएको व्लड क्यान्सर निको होस कामना गरिरहेका छन । अरुको रिस गर्ने , गाली गर्ने , झगडा गर्ने, रिसाउने मान्छेहरुको प्रगतीमा खुट्टा तान्नेहरुले तपाँईको सरलता , बौद्धीकता, ईमान्दारीता, र कर्मशीलताबाट पाठ सिकनु पर्छ भन्ने गरेको छु । यो मुलुक अर्थात समाजलाई तपाईको खाँचो छ । तपाँईले अझै धेरैलाई ईमान्दारीता सरलता को शिक्षा दिनुपर्छ । तपाँईले क्यान्सर जित्नु पर्छ भन्ने कामना छ ।