हिपमत डटकम

बुधबार, कार्तिक ३०, २०७९ || 1898  पटक पढिएको

इनरुवा, कात्तिक ३० गते । सुनसरीमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्न कैदीबन्दी र कर्मचारीका लागि दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचनमा क्षेत्रीय एक हजार पाँच सय कैदीबन्दीमध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने जनाएको छ। झुम्का कारागारमा एउटा र कर्मचारी सुरक्षाकर्मीसहितका लागि जिल्ला समन्वय समिति सुनसरीमा एउटा गरी दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।

झुम्का कारागारमा ५८ जनामध्ये ३९ जना कैदी र १९ जना बन्दीले कारागारभित्रै अस्थायी मतदान केन्द्रबाट मतदान दिनेछन्। जिससमा तीन हजार छ सय कर्मचारीले मतदान गर्ने पौडेलले बताउनुभयो। कारागारमा पुरूष कैदी तथा बन्दीलाई राखिने गरेको छ।

सुनसरीमा चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्य निर्वाचनका लागि ५९१ मतदान केन्द्रमा पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएका छन्। निर्वाचनमा दुई लाख ७४ हजार ७०५ पुरुष र दुई लाख ७० हजार २३४ महिला गरी कुल पाँच लाख ४४ हजार ९४१ मतदाताले मतदान गर्ने भएका हुन्। सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार एक हजार ४८१ जना नेपाल प्रहरी, दुई हजार ५९५ जना म्यादी, ४४० जना नेपाली सेना, ७३९ जना सशस्त्र प्रहरी, १९ जना राष्ट्रिय अनुसन्धानका गरी पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचालन गरिने भएको हो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!