हिपमत डटकम

बुधबार, कार्तिक ३०, २०७९ || 715  पटक पढिएको

नेपालगञ्ज, कात्तिक ३० गते । मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम प्रदान गरिएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको व्यवस्थापनलाई तालिममा विशेष प्राथमिकता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो।

उहाँले बाँकेमा अति संवेदनशील मतदान केन्द्रको सङ्ख्या धेरै रहेकाले अति नै गम्भीर भएर व्यवस्थापन गर्नुपर्ने हुँदा मतदान अधिकृतलाई विशेष प्रकारको व्यवस्थापन तालिम दिइएको बताउनुभयो।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको अहम् भूमिका रहने हुँदा उनीहरूलाई विशेष तालिमसँगै आवश्यक निर्देशन प्रदान गरिएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले बताउनुभयो।

उहाँले कर्मचारीको लापरबाहीका कारण पुनः मतदान गर्नुपर्ने अवस्था आउने भएकाले यसप्रति सतर्क र सचेत गराइएको जानकारी दिनुभयो। मतदानमा लापरबाही गर्नेलाई विभागीय कारबाहीको सिफारिस गरिनेसमेत गरिने उहाँले जनाउनुभयो।

शान्तपूर्ण मतदान, मतपेटिका सुरक्षित मतगणना हुने स्थानसम्म पु¥याउने दायित्व अधिकृत र सहायक अधिकृतको हुने भएकाले अत्यन्तै संवेदनशील र सुरक्षित भएर कार्यसम्पादन गर्न तालिममा निर्देशन दिइएको बताइएको छ। बाँकेका जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले अति संवेदनशील मानिएका १०८ मतदान स्थलका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!