हिपमत डटकम

बुधबार, कार्तिक ३०, २०७९ || 1184  पटक पढिएको

नेकपा एमाले पार्टीका उम्मेद्वार बारामा एक अर्कालाई अन्तरघात गरीरहरका छन्। निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा उम्मेदवार भएकि पुर्व कृषि मन्त्री ज्वाला कुमारी साह र ( ख ) बाट उम्मेदवार रहेका पुर्ब समानुपातिक मधेश प्रदेश सभा सदस्य महम्मद समिरले एक अर्कालाई अन्तरघात गरीरहेका छन्।

बुधबार कलैया उपमहानगरपालिका वडा नं १४ बघवन , भौरा जितपुर टोलमा घरदैलो कार्यक्रममा आएका महम्मद समिरले प्रदेश सभा सदस्यको लागि सुर्यमा मतदान गर्न र प्रतिनिधि सभा सदस्यको लागि गौरैया चिरई छापमा मतदान गर्न आग्रह गरेको मतदाताहरुले बताएका छन्। एमाले पार्टीबाट नै बागि उम्मेदवार रहेका कलामुदिन अँसारी ( मदिनी ) रहेका छन्। अँसारीले गौरैया चिरई छाप निर्वाचन आयोगबाट पाएका छन्। महम्मद समिर र कलामुदिन अँसारी मुस्लिम भएकाले एक अर्कालाई आन्तरिक सहयोग गर्ने गरेको जन‌मानसको बुझाई रहेको छ।

यस्तै नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ज्वाला कुमारी साहले नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदको उम्मेदवार मुकेश साहको चुनाव चिन्ह गोलाकार भित्र हसुवा हतौडामा मतदान गर्न र मुकेश साहले प्रतिनिधि सभा सदस्य पदमा ज्वाला कुमारी साहको चुनाव चिन्ह सुर्य छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरीरहेको जानकारी यस शुभ आरम्भ राष्ट्रिय दैनिकलाई प्राप्त भएको छ। ज्वाला कुमारी साह पहिलो प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट प्रत्यक्ष निर्वाचित मधेश प्रदेश सभा सदस्य रहेकि थिईन।

नेकपा माओवादी केन्द्र पार्टीबाट नेकपा एमाले तिर लागेपछि उनको पद खारेज भएको थियो। तर नेकपा एमालेको अध्यक्ष के पि शर्मा ओली प्रधानमन्त्री हुदा १८ दिनकालागि कृषि मन्त्री पद पाएका थिईन। नेकपा माओवादी केन्द्र नै धरातल रहेको कुमारी साह र नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा पदको उम्मेदवार मुकेश साहलाई जातियताको आधारमा सघाईरहेको मतदाताहरु बताएका छन्।

यसरी नेकपा एमालेका उम्मेदवारहरु पार्टीको ह्विपको कारण सँगै घरदैलो गरेपनि आन्तरिक रुपमा आ आफ्नो पद सुरक्षित गर्न पार्टीसँग नै अन्तरघात गरेको पाईन्छ। साथै बाराको ३ ( ख ) मा पुर्व कृषि मन्त्री एवम् प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ज्वाला कुमारी साहले प्रदेश सभा सदस्य पदको उम्मेदवार महम्मद समिरको कै कारण हार ब्यहोर्नु पर्ने छ। किनभने महम्मद समिरलाई सँगै लिई घरदैलो गरीरहेकोले मतदाता बढ्ने होईन झन मतदाता घटिरहेको एमाले पार्टीका नै मतदाताहरु बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!