हिपमत डटकम

बुधबार, कार्तिक ३०, २०७९ || 866  पटक पढिएको

कात्तिक ३० गते । मङ्सिर ४ गते हुने निर्वाचनका लागि भइरहेको सुरक्षा तयारी र भावी रणनीतिबारे निर्वाचन आयोग र सुरक्षा निकायका उच्च अधिकारीबीच छलफल भएको छ ।

सङ्घीय तथा प्रदेश तह निर्वाचनको मितिभन्दा छ दिनअघि मङ्गलबार आयोगले सुरक्षा तयारीबारे जानकारी लिएको हो । छलफलका क्रममा निर्वाचन सुरक्षाको तयारी सँगै सम्भावित सुरक्षा चुनौतीको सामना गर्ने गरी भइरहेको तयारी र भावी सुरक्षा रणनीतिबारे आयोगले चासो व्यक्त गरेको थियो ।

निर्वाचनलाई निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले छलफलका क्रममा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको तयारीबारे छलफल भएको जानकारी दिनुभयो । निर्वाचन नजिकिँदै गर्दा केही उम्मेदवार र उनले प्रयोग गरेको सवारीसाधनमाथि आक्रमण तथा अमर्यादित गतिविधि भएको बारे आयोगले चासो व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!