सोमबार, फाल्गुण २६, २०७६ || 1276  पटक पढिएको

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् ।
पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छोडेको छ भने सेनिटाइजरको पनि चरम अभाव छ ।
कलंकीमा बस्दै आएका सन्देश विष्टले भने,‘एउटा मास्कको ५० रुपैयाँ भने । के गर्नु किन्नै पर्यो ।’
यस्तै, ज्वरो नाप्न प्रयोग गरिने थर्मोमिटरको पनि अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मास्क, सेनिटाइजर र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना गरी कसैले लुकाउनु अपराध भएको बताए ।
उनले भने,‘आमनागरिकले पनि मास्कको समुचित प्रयोग गर्नुपर्छ । सरकारले तीन–चार दिनमै धेरै परिणाममा मास्क उत्पादन गर्ने तयारी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!