हिपमत डटकम

मंगलबार, कार्तिक २९, २०७९ || 500  पटक पढिएको

पाल्पा, कात्तिक २९ गते । पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेय र ठाकुर गैरेबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। डेढ वर्षअघिसम्म एउटै पार्टी नेकपा (एमाले)मा रहेका पाण्डेय र गैरेबीच यस पटक रोचक प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार गैरे विपक्षी गठबन्धनमा आबद्ध नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको छ भने पाण्डेय सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार हुनुहुन्छ।

गैरेलाई आफ्नै एमाले पार्टीको मजबुत सङ्गठनको दरिलो साथ रहेको छ। पाण्डेयलाई पनि गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतको दरिलो साथ छ। यसले पाल्पा क्षेत्र नं. २ को प्रतिस्पर्धा रोचक बनाएको छ।

उम्मेदवार पाण्डेयले आफूले यस पटक पनि चुनाव जित्ने दाबा गर्नुभयो। गठबन्धन रहरले नभई बाध्यताले बनेकाले आफूलाई कांग्रेस र माओवादी समर्थित मतदाताको सहयोग रहेको उहाँले बताउनुभयो। विगतमा आफूले मतदाताले चाहेजति काम गर्न नसके पनि जिल्लाको शिर निहु-याउने काम नगरेकाले मतदाताले आफूलाई मत दिनेमा पाण्डेय ढुक्क हुनुहुन्छ।

त्यस्तै एमालेको पार्टी सङ्गठन बलियो भएकाले चुनाव आफ्नो पक्षमा आउने दाबी गैरेको छ। पहिलो पटक उम्मेदवार बन्नुभएका गैरेले मतदाताको रोजाइमा नयाँ अनुहार परेकाले आफू विजय हुने भनाइ उहाँको छ। विगतमा एमालेको सरकार हुँदा पाल्पा जिल्लामा अनुकरणीय विकास निर्माणको काम भएको जानकारी उहाँले दिनुभयो।

पाल्पा क्षेत्र नं. २ मा एक लाख पाँच हजार बढी मतदाता रहेका छन्। तीमध्ये ६० प्रतिशत बढी मत खस्ने अनुमान गरिएको छ। यस पटक नयाँ तथा युवा मतदाता स्वतन्त्र उम्मेदवारतर्फ पनि आकर्षित भएकाले मुख्य प्रतिस्पर्धी उम्मेदवारको आकलनमा समेत फरक पर्ने सम्भावना रहेको मतदाताको दाबी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!