हिपमत डटकम

मंगलबार, कार्तिक २९, २०७९ || 403  पटक पढिएको

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशमा बस्ने नेपालीहरूसँग पनि मत मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले घरमा कुरा हुँदा घण्टी चिह्नमा भोट मागिदिन अपिल गरेका हुन् ।

लामिछानेले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्ने विषयमा आफू प्रष्ट रहेको भन्दै यसप्रति आगामी दिनमा आफ्नो पहल रहने पनि बताएका छन् । उनले लेखेका छन् -‘हामीलाई थाहा छ, देशमा चुनावको यत्रो अभियान चलिरहँदा विदेशमा तपाईहरुको मन कति इच्छुक भएको छ भन्ने । हामीलाई थाहा छ, विदेशमा रगत पसिना बगाएर कमाएको पैसा पठाएर चलेको आफ्नै देशमा आफ्नो मतदानको अधिकार नपाउँदा कस्तो हुन्छ भन्ने । हामी गर्नेछौ देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भए पनि आफ्नो स्थायी ठेगाना रहेको क्षेत्रका लागि भोट हाल्ने व्यवस्था । ‘

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!