हिपमत डटकम

मंगलबार, कार्तिक २९, २०७९ || 427  पटक पढिएको

बारा क्षेत्र नम्बर ३ को (ख)का स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवले सोमाबार बाराको कलैया उप महानरपालिका वडा नं.३ भवानीपुर र गंगापुरमा घरदैलो कार्यक्रम गरेका छन् ।
बारा क्षेत्र नम्बर ३ “ख” अन्तर्गत पर्ने कलैया उपमहानगरपालिका वडा नं. ३ भवानीपुर र गंगापुर लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवार यादवले आफनो चुनाव चिन्ह लालटेन छापमा मतदान गर्न आग्रह गरेका थिए ।

उम्मेदवार यादवलाई जिताउन युवा देखि बृद्धसम्म घरदैलो एवं सभाहरुमा सयौंको संख्यामा सक्रिय भएर पुग्ने गरेको पाईएको छ । घरदैलोको क्रममा सयौं युवा, महिलाहरु मत मागिरहेका छन् ।
राज्य भ्रष्टाचारका कारण आजित भएको बेला पार्टीका नेताहरुलाई जनताले बहिस्कार गर्दै स्वतन्त्र उम्मेदवारलाई रोज्ने लहर नै चलेको घरदैलो अभियानमा पुष्टि हुन्छ । बारा लगायत मधेस प्र्रदेशको बिभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचारले आजित भएका नेपाली जनता हाल हुन गइरहेको निर्वाचनमा छबि देखेर स्वतन्त्र उम्मेदवारलाई नै रोज्ने प्रदिप प्रसाद यादवको पक्षमा देखिएको जनलहरले प्रमाणित गरेको हो ।

पार्टीका नेताहरु निर्वाचनको समयमा आउने जनतालाई बिभिन्न किसिमको आश्वास दिने बाहेक केही विकासको काम नगरेको भन्दै यसपालि स्वतन्त्र उम्मेदवारलाई नै रोेज्ने राम कुश्वाहाले बताए । पार्टीका नेताहरु रकम बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ, उनले बताए । क्षेत्र नम्बर ३ को लागि स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादव स्वच्छ छबि भएका कारण यसपालिको निर्वाचनमा प्रदिप प्रसाद यादवको लालटेन छापमै मोहर लगाउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!