हिपमत डटकम

सोमबार, कार्तिक २८, २०७९ || 856  पटक पढिएको

बर्दिया, कात्तिक २८ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन।

गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै। न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन्।

ती घरका भित्ता र छानो खरले बनेका छन्। गाउँमा आजसम्म सडक, बिजुली र खानेपानीलगायत कुनै पनि सामान्य सुविधा पुगेको छैन। नदीमा पुल छैन। नदी वारपारका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ। उक्त बस्तीमा बसोबास गर्ने मानिसको आफ्नो जग्गाजमिन छैन। जमिनदारको जग्गाजमिन ठेक्का र अधियाँ (बटैया)मा लिएर खेती गरिरहेका स्थानीयलाई चुनावले कहिल्यै छोएको छैन। स्थानीय मालमती मल्लाहाले यसअघि चुनाव जितेर गएका नेताहरू फर्किएर कहिल्यै गाउँ नआएको बताउनुभयो। आजसम्म कुनै उम्मेदवार मत माग्नका लागि आफ्नो गाउँमा नआएको उहाँले बताउनुभयो।

आफूहरूले मत दिएर जिताएको मान्छे पटक पटक सांसद भएको तर महजिदिया गाउँको विकास गर्न नसकेको स्थानीय लक्ष्मण मल्लाहाले दुखेसो पोख्नुभयो। यसअघिका चुनावमा दिएको सडक, पुल, बिजुली, खानेपानी र लालपुर्जालगायतका आश्वासन पूरा गर्न नसकेका कारण नेताहरू मत माग्न आउन नसकेको गोपाल मल्लाहाको ठहर छ।

बबई नदीले तीनतिर घेरिएर रहेको यो टापुजस्तै गाउँका अधिकांश बालबालिका विद्यालय नै जाँदैनन्। विद्यालय गएका अधिकांश विद्यार्थी नेपाली र भारतीय दुवैतिरका विद्यालयका विद्यार्थी हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!