हिपमत डटकम

सोमबार, कार्तिक २८, २०७९ || 985  पटक पढिएको

अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा सहभागी नेपाली मूलकी परिजिता बास्तोला अगाडि बढ्न सकून् भन्दै धमाधम शुभकामना सन्देशहरू निरन्तर प्राप्त भइरहेका छन् । यसै सिलसिलामा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र परिजिता बास्तोलाबीच कुराकानी भएको छ ।

बालेन स्वयम् कलाकार भएको नाताले यसैको सेरोफेरोमा कुराकानी भएको छ भने उनले जितका लागि शुभकामना दिएका छन् । बालेनले परिजितालाई प्रोत्साहन गर्नुको साथै विजयको नजिक रहेको समेत उल्लेख गरे । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नाममै जीतको कामना भएको बताउँदै सामाजिक सञ्जालमा शुभकामना दिएका छन् । यसै गरी चर्चित गायक दीपक बज्राचार्य लगायत थुप्रै शुभकामना सन्देश दिनुको साथै शुभकामना सन्देश आउने क्रम जारी छ । साथै वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि शुभकामना दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!