हिपमत डटकम

सोमबार, कार्तिक २८, २०७९ || 659  पटक पढिएको

आसन्न मङ्सिर ४ गतेको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं एमाले नेता ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधि जनताले खोजेको बताएका छन् । विगतका उम्मेदवारले चुनाव जितेपछि जनतालाई पाँच वर्ष मुख पनि नदेखाएको जन गुनासो आएको उनले बताए । चुनाव जितेर पाँच वर्ष जनतासामु मुहार नदेखाउनेलाई भोट नदिन उनले मतदातालाई आग्रह गरे । आफूले पनि त्यस्तो गरे आइन्दा भोट नहाल्न उनको आग्रह थियो ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका नेता गैरेले नागरिकले पाउनुपर्ने सेवा सर्वसुलभ र झन्झटमुक्त बनाउन जनप्रतिनिधि जनताप्रति निष्ठावान् बन्नुपर्ने उल्लेख गरे ।

माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको घरदैलोका क्रममा नेता गैरेले आफ्नो क्षेत्रभित्रका स्रोतसाधन, खानी र वनजङ्गल, पानीको मुहान, तालतलैया, धार्मिक स्थानलगायतका महत्त्वपूर्ण संरचना र स्रोतलाई प्राथमिकतामा राखी विकास योजना बनाएको बताए । एमाले उम्मेदवार गैरेले चिदीपानीका सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क निर्माण, मठमन्दिर, पाटी, चौतारा, पुस्तकालय, खेलकुद मैदान जस्ता स्थल निर्माणमा जोड दिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!