हिपमत डटकम

सोमबार, कार्तिक २८, २०७९ || 401  पटक पढिएको

इलाम, कात्तिक २८ गते । नेपाली काँग्रेस इलामका पुराना नेता भूपेन्द्र कट्टेल यति बेला झलनाथ खनाललाई भोट माग्दै हिँडिरहनु भएको छ । खनाल जताजता चुनावी सभामा पुग्नु हुन्छ कट्टेल पनि तीनै सभामा पुगेर झलनाथ खनाललाई नै किन भोट दिने भनेर मतदातालाई आश्वस्त पारिरहनु भएको हुन्छ ।

इलाम निर्वाचन क्षेत्र नं. १ को अन्तुमा आयोजना गरिएको चुनावी सभामा कट्टेलले भन्नुभयो ‘०७४ मा हामी प्रतिस्पर्धी थिर्यौ, अहिले उहाँको सारथि म छु ।’ खनालतिर सङ्केत गर्दै कट्टेलले पार्टीको निर्देशन अनुसार गठबन्धनका उम्मेदवार जिताउन आफू हिँडेको बताउनु भयो ।

२०७४ को निर्वाचनमा इलाम क्षेत्र नं. १ मा नेकपा एमालेको तर्फबाट झलनाथ खनाल र नेपाली काँग्रेसको तर्फबाट कट्टेल चुनावी मैदानमा हुनुहुथ्यो । त्यो बेला खनाल भारी मतले विजयी बन्नु भएको थियो । खनालले ३६ हजार ८ सय पाँच मत ल्याउँदा उहाँका प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार छ सय ३८ मत मात्र प्राप्त गर्नु भएको थियो । ‘हिजो सबै भन्दा विरोधी म थिए, आज सबै भन्दा बढी सहयोग म गरिरहेको छु , हाम्रो क्षेत्रले देशकै नेतृत्व गरेको व्यक्ति पाएकोमा हामी खुसी छौ’ कट्टेलले भन्नु भयो । कट्टेलले संविधान नष्ट गर्ने काम हुँदै गर्दा अस्पतालको बेडबाट संविधान बचाउन खनालले गर्नु भएको त्यागको कदर गर्ने बेला अहिले भएको बताउनु भयो ।

कट्टेल करिब ४ दशक देखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा हुनुहुन्छ । उहाँ हाल काँग्रेसको केन्द्रीय चुनाव प्रचारप्रसार समितिको सदस्यको रूपमा काम गरी रहनु भएको छ । पूर्व प्रधानमन्त्री खनाललाई पनि विगतका प्रतिस्पर्धी कट्टेल पनि हरेक कार्यक्रमसँगै भएपछि गठबन्धन बुझाउन सहज हुने गरेको पाइन्छ । खनालले विगतका आफना प्रतिस्पर्धी नै अहिलेका भोट माग्ने नजिकका सारथि कट्टेल भएको बताउने गर्नु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नम्बर १ मा गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र माओवादी केन्द्रले राम्रै साथ दिएका छन् । खनाल यति बेला आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनका साझा कार्यक्रमका साथ मत मागी रहनु भएको छ । खनालसँग नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!