सोमबार, फाल्गुण २६, २०७६ || 2229  पटक पढिएको

सिरहा जिल्लामा अहिले सम्मको अत्याधुनिक र ठुलो लगानीमा जिम सेन्टर सञ्चालनमा आएको छ । मिर्चैया नगरपालिका वडा नं..६ कटारी चौक मटियर्वा जाने बाटोमा अत्याधुनिक र ठुलो लगानीमा नारायण जिम सेन्टर सञ्चालनमा आएको छ ।
आइतवार सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साह र मिर्चैया नगरपालीकाका मेयर श्रवण यादवले संयुक्त रुपमा विधिवत रुपमा समुद्घाटन गरेपछि सोमबार बाटै जिम सेन्टरले सेवा प्रारम्भ गर्ने नारायण जिम सेन्टरका सञ्चालक रामनारायण साहले बताए । उनले भने यस क्षेत्रमा युवाहरु मत्र नभई नगरवासीको चाहना र माग बमोजिम जोखिम मोलेर लगानी गरेको सञ्चालक साहले बताए ।

नारायण जिम सेन्टरको उद्घाटन गर्दै सांसद दिलिप साहले नगर क्षेत्रमा युवाहरु कुलत तथा लागुऔषधको अम्मली बन्दै गइरहेको अवस्थामा यस्ता जिम सेन्टरहरुले युवाहरुलाई स्वस्थ्य र अनुशासनको मार्गमा हिडाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले मानिसहरु पछिल्लो समयमा विभिन्न रोगको सिकार बन्दै गइरहेको अवस्थामा ब्यायामबाट पनि धेरै शारिरीक समस्याहरु समाधान गर्न सकिने भएकाले यस्ता जिम सेन्टरहरुको बढ्दै गएको बताए ।
मिर्चैया नगरपालीकाका मेयर श्रवण यादवले भने युवा मात्र नभई सबै उमेर समूहका व्यक्तिहरुलाई समेत स्वस्थ्य र स्वच्छ राख्न जिम सेन्टर सफल हुने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा नारायण जिम सेन्टरका सञ्चालक रामनारायण साहेको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी रामईश्वरको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साह,मिर्चैया नगरपालीकाका मेयर श्रवण यादव,राष्ट्रपतिका स्वकीय सचिव जिवछ साह,समाजसेवी प्रदिप कुमार साह,स्थानीयबासी ,बुद्धिजीवी, समाजसेवी , जनप्रतिनिधि, संचारकर्मी लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!