हिपमत डटकम

सोमबार, कार्तिक २८, २०७९ || 1252  पटक पढिएको

विराटनगर। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पुर्वाञ्चल विश्वविद्यालय गोठगाउमै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मोरंङको सुन्दर हरैचा नगरपालिकाको गोठगाँउमा आज आयोजित चुनावि सभालाई संम्बोधनगर्दै मोरंङ क्षेत्र न. ६ का उमेदवार समेत रहनुभएका कोईरालाले विपक्षीहरुले पुर्वाञ्चाल विश्व विद्यालय विराटनगर लान्छ भन्ने हल्ला फैलाएको बताउदै विश्वविद्यलयको विधान संसोधन गरेर भएपनी पुर्वाञ्चल विश्वविद्यलय स्थायीरुपमा गोठगाउमै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , हामि विधान चेन्ज गरेर भएपनी पियुको केन्द्रीय कार्यलय यहि राख्छौ,।

त्यसैगरी उमेदवार कोइरालाले व्यवस्थीत नगर सुन्दरहरैचा नगारपालिकाको विकासकालागी आफु निरन्तर लागी परेको बताउदै स्थानीय स्कुललाई बस उपलब्ध गराउने प्रयास भईरहेको बताउनुभयो । सो विद्यालयका विद्यार्थीलाई आवागमन गर्न समस्या भएको गुनासो स्थानीयले गरेपछी डा. कोईरालो सो विद्यालयलाई बस उपलब्ध गराउने प्रयास भईरहेको बताउनुभएको हो ।

मोरंङको बुढीगंगामा आयोजित चुनावी सभामा उमेदवार कोइरालाले मजदुरहरुको हक अधिकारकालागी आफुहरुलाई जिताउन आग्रह गर्नुभयो । काम बराबर ज्याला पाउने मजदुरको अधिकारको प्रत्याभुत गर्न आफुहरुले चुनाउ जित्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, तपाँईहरुका हक अधिकार प्रप्तिकालागी पनि हामिले जित्नु अनिवार्य छ,।

कोइराला र गठबन्धनका अर्का उमेदवार जिवन आचार्यले आज मात्रै आधादर्जन बढी चुनावी सभा संम्बोधन गरेका कोईरालाले आफुहरुले चुनाउ जिते कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने बिचार व्यक्त गनुभयो । आसन्न ४ को चुनाउ पछी कांग्रेस कै नेतृत्वमा गठबन्धनको सरकार बन्छ,।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!