निशान कंडेल

आइतबार, कार्तिक २७, २०७९ || 1849  पटक पढिएको

बिराटनगर । मंसिर -४ को मिति नजिकिए संगै मोरङ क्षेत्र न -५ ख प्रदेश सभा सदस्य पदका उम्मेदवार जयराम यादवप्रति मतदाताको उत्साह पनि बढिरहेको छ ।। नेकपा एमाले र जसपाको साझा उम्मेदवारको रुपमा प्रस्तुत भएका यादवले यस पटक सहज रुपमा नै जित निकाल्नेमा जसपा र एमालेका नेता कार्यकर्ता ढुक्क छन् ।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण अधिकांश नेता तथा कार्यकर्ताले जसपालाई सहयोग गर्ने सुत्रले बताएको छ। गत प्रदेश सभाको निर्वाचनमा एक्लै लड्दा पनि सहजै जित निकालेका यादवलाई यस पटकको निर्वाचनमा बिभिन्न दल र नेताहरुबाट पनि सहयोग प्राप्त भई रहेको कारण बिजय प्राप्त गर्न सहज हुने नेताहरु बताउछन्।

मधेश आन्दोलन लगात अधिकारको लडाईमा अग्रपंतिमा उभिएका यादव क्षेत्र न-५ ख को मतदाताको रोजाई हुन्। उनको सरल व्यवहार र मिलनसार बानीले गर्दा उनीप्रति मतदाता आकर्षित हुने गरेको एक मतदाताले बताए। उहा हाम्रो दुख सुखमा साथ दिनुभएको छ र निरन्तर दिनु हुन्छ हामीलाई जयराम यादवप्रति पूर्ण बिश्वाश छ।

यादवले आफ्नो क्षमताले भ्याएसम्म यस क्षेत्रको बिकाशका लागि निरन्तर काम गरेको र अधुरा योजनाहरुलाई पुरा गर्न पनि यादवलाई यसपाली जिताउनु पर्ने मंजु ऋषिदेवले बताईन्। उहामा बिकाश गर्ने आँट छ योजना र भिजन छ त्यसैले यादव नै यस क्षेत्रकोलागि आवश्यक छन्।

घरदैलो कार्यक्रममा व्यस्त रहेका यादवलाई हामीले यस बिषयमा बुझ्दा उनले भने म कसैलाई हराउन चुनाव लडेको होईन आफु र आफ्नो क्षेत्रको जनताको बिश्वाशलाई जिताउन उम्मेदवारी दिएको हुँ। मेरो प्रतिष्पर्धा कोई संग छैन मतदाताहरुले बुझिसक्नु भएको छ कसलाई मत र मन दिने भनेर।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!