हिपमत डटकम

आइतबार, कार्तिक २७, २०७९ || 2452  पटक पढिएको

विराटनगर। नेपाली कांग्रेका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफ्नो टिमले पूर्वाञ्चल विश्व विद्यालयभित्र रहेको मेडिकल कलेज सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज सुन्दरहरंैचा २ को लालवस्ती टोलको चुनावी सभालाई सम्बोधन गर्दै मोरङ क्षेत्र न. ६ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका कोइरालाले आफ्नो टिमलाई चुनाव जिताए पूर्वाञ्चल विश्वविद्यालयभित्र रहेको मेडिकल कलेज सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, हामीले चुनाउ जिते पूर्वाञ्चल विश्व विद्यालयभित्र रहेको मेडिकल कलेज सञ्चालन गर्ने छौ,।

अर्काे प्रशंगमा डा. कोइरालाले गछिया खोलाले सुन्दरहरैचाका स्थानीयलाई धेरै दुःख दिएकोमा चिन्ता व्यक्त गर्दै आफ्नो टिमले चुनाव जिते गछीया खोलामा तटबन्धन बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, चुनाव जिते गछीया खोलामा तटबन्धन बनाउने छौ ,।

कोइरालाले अर्काे प्रशंगमा सुशासन विनाको सम्बृद्धि कल्पाना गर्न नसकिने बताउँदै भ्रास्टाचार अन्त्य गर्दै चुनावपछीको गठबन्धन नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रस्टाचार अन्त्य गर्ने र मुलुकमा सम्बृद्धि कायम गर्ने प्रतिबद्धता व्यक्त
गर्नुभयो ।
सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडाहरुमा भएका करिब एक दर्जन कार्यक्रममा स्थानीयले सडक निर्माण, पिउने पानी, तटबन्धन, स्वास्थ्य उपचार लगायतका विकास गर्न माग गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!