आइतबार, फाल्गुण २५, २०७६ || 1046  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको सामुदायिक प्रहरी सेवा काे कार्यलयमा नाेवेल कोरोना भाइरस बाट बच्न हेल्थ डेक्स स्थापना गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली , सामुुदायिक प्रहरी , नगरपालिका र रंगेली अस्पताल काे संयुक्त सहयोगमा हेल्पडेक्स स्थापना गरिएको हाे । फाल्गुन २५ गतेदेखि एक महिना सम्मकाे लागि हेल्पडेक्स स्थापना गरिएको हाे । गाउँ घरमा वा अाफ्नाे घरमा बिदेश वा भारत बाट अाफ्नत हरु अाएमा उनी हरुलाई नजिकै काे अस्पताल मा स्वास्थ्य परिक्षण गराउन समेत अाग्रह गरेका छन । उपचार ग नगरपालिका का मेयर दिलिप बगडिया ले हेल्पडेक्स काे ब्यार पढेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा सामुदायिक प्रहरी का अध्यक्ष मचिन्द्र कटुवाल , ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दाहाल, समाजसेवी सुरेेे मिश्र , श्यामलाल शर्मा, बडा अध्यक्ष रामचन्द्र मंन्डल, घन्शयाम पनेरू , शत्रुघन रजक , महिला , बिधालय का छात्र छात्रा हरुकाे समेत उपस्थिति रहेको थियोे । युवा नेता वाेसिम अालमा ले कार्यक्रममा सहभागी हरुलाई ५ सय पिस निशुल्क माक्स समेत बितरण गरेका थिए । नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सचेतना अपनाउन का लागि हेल्पडेक्स स्थापना गरिएकाे मेयर दिलिप बगडिया ले बताए ।

केहिदिन अगाडि समेत नेपाल भारत काे सिमाना मा रहेको चाेप्राहामा समेत ससस्त्र प्रहरी बि. अाे .पि रंगेली ले समेत हेल्पडेक्स समेत स्थापना गरेको जितेन्द्र बस्नेतले बताए । नगर प्रमुख बगडियाले भने अहिले काेराेना भाईरले बिश्वमै असर परेको हुने ले अाफ्नाे क्षेत्रमा त्यस्तो बिरामी फेला परेमा जस्तोसुकै ठाउँमा लगेर उपचार गराउने प्रतिव्यधयता जनाएका छन ।
त्यसैगरी नगरपालिकाले साना–ठूला भेला नगर्न, होली पर्व नमनाउन र आवश्यक सचेतना अपनाउन नगरबासीलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!